अविरल वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु, कहाँ के-केमा भयो क्षति ?
१३ असोज, काठमाडौं । बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदनअनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्। […]
