परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान
१३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल बुधबार बिहान काठमाडौं आइपुग्ने तालिका छ । परराष्ट्रमन्त्री खनालले […]
