महिलाका निजी अंगलाई लाजको विषय कसले बनायो ?
हजारौँ वर्षदेखि मानव समाजले महिलाको बाह्य प्रजनन् अंगलाई लिएर विभिन्न तरिकाले व्याख्या र विश्लेषण गर्दै आएको छ । कुनै समय यसलाई प्रजनन क्षमता र मातृत्वको प्रतीक मानिन्थ्यो । तर समयसँगै यही शरीरको अंगलाई लाज, गोपनीयता र लुकाउनुपर्ने विषयका रूपमा हेर्न थालियो । आज भने महिलाको शरीर र त्यसको प्राकृतिक बनावटबारे फेरि खुलेर बहस हुन थालेको […]
