मानव अधिकार आयोग पुगे एसएसपी खड्का
१३ असोज, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् । आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो । आयोगको पत्राचारपछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् । आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का कार्यालयमा आएको पुष्टि गरे । […]
