खल्बलिएको आपूर्ति श्रृंखला लयमा फर्किँदै, चाडपर्वमा घट्ला अत्यावश्यक वस्तुको मूल्य ?
काठमाडौं । काठमाडौंलगायत देशभर नै देखिएको अत्यावश्यक वस्तुको आपूर्ति श्रृंखला सहज हुँदै गएको छ । बाढी, पहिरो र लगातारको वर्षाका कारण केही दिनयता बिथोलिएको अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सडक सञ्चालनमा आउन थालेसँगै क्रमशः सहज हुन थालेको हो । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको चाप घट्दै गएको छ भने चिनीको पर्याप्त मौज्दात रहेको सरकारले जनाएको छ […]
