कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते
१३ असोज, काठमाडौं । कपिलवस्तुको चारखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन् । सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि शिवराज नगरपालिका–१ स्थित चोरखोलामा आज बिहान साढे १ बजे ढुंगा खसेको हो । घाइते हुनेमा बर्दियाको गोरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल […]
