‘देशकै पहिलो बहुभाषिक विद्यालय राजनीति र उपेक्षाको मारमा पर्यो’
१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’ को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यानआकर्षित गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको शिकार बनेको बताए […]
