मधेश भौतिक पूर्वाधार मन्त्रालयमा बेथिति : मनपरी सरुवाले कर्मचारी आजित
मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बेथिति चुलिएको छ । आफू अनुकूल काम गर्नेलाई लामो समय वा निमित्तको जिम्मा दिने र सिनियरहरूलाई पाखा लगाउने प्रवृत्ति बढेको कर्मचारीहरू बताउँछन् ।
