एसियन गेम्स : ५ हजार मिटर दौडमा नेपालका सन्तोषी र पूर्णलक्ष्मी पुछारमा
१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला ५ हजार मिटर दौडमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले निराशाजनक प्रदर्शन गरेका छन् । जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक रंगशालामा भएको महिला ५ हजार मिटर दौडमा सन्तोषी र पूर्णलक्ष्मी सबैभन्दा अन्तिममा रहे । १२ जना सहभागी भएकोमा पूर्णलक्ष्मी ११औं र सन्तोषी १२औं स्थानमा रहे । […]
