हङकङ सिक्सेस क्रिकेटमा यसपटक नेपाल सहभागी नहुने
१२ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ । आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम छैन । यसपटक प्रतियोगितामा स्कटल्यान्डले पनि खेल्दै छ । प्रतियोगितामा हङकङ, ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश छन् । अक्टोबर ३० देखि नोभेम्बर १ […]
