आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया सुरु, गुणस्तर सुनिश्चित गरिने
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ । गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिए । लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन गरिएको तथ्याङ्कलाई […]
