पहिरोका कारण मनकामना जाने सडक प्रभावित, केबलकार सेवा भने नियमित
गोरखा । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ। सडकमा पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ। पूर्वतर्फबाट मनकामना आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। वैकल्पिक पार्किङस्थलमा सवारीसाधन राखेपछि यात्रुले पैदलमार्ग हुँदै मनकामना मन्दिरतर्फ […]
