फ्रान्सिस फुकुयामालाई गलत बुझियो ? नयाँ पुस्तकमा छ उत्तर
उदार लोकतन्त्रले समानता, शान्ति र समृद्धि दिए पनि मानिसको आत्मसम्मान, विशिष्ट पहिचान र ठूलो उद्देश्यप्रतिको चाहना पूरा गर्न सकेको छैन। सबैलाई समान रूपमा हेर्ने व्यवस्थाले मानिसका आकाङ्क्षा र क्षितिज सीमित बनाएको अनुभूति गराउँदा उनीहरूमा असन्तुष्टि, अशान्ति र आक्रोश बढेको छ।
