कमला नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन माइकिङ
११ असोज, सिरहा । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव बढेपछि सुरक्षाकर्मीले जोखिम क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम पूर्वानुमान शाखाले ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा र हावाहुरी हुन सक्ने सूचना जारी गरेपछि सिरहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सम्भावित जोखिम क्षेत्रमा परिचालन […]
