पाल्पा र बागलुङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
पाल्पा । पाल्पा र बागलुङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको […]
