Depository of News

एसियन गेम्स : टेनिसमा शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिइन्

newsdepo.com · world

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिएकी छन् । नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा शनिबार भएको खेलमा शिभाली दक्षिण कोरियाकी बाक दायोनसँग सोझो सेटमा ६–१ र ६–० ले पराजित भइन् । यस हारसँगै महिला सिंगल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।

Read full article →