पोखरा रामघाटमा सेतीबाट हरेक वर्ष बन्छ ताल, जोखिम कति ?
रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो । सेती नदी र यसबाट निम्तिन सक्ने विपद्बारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरुङ त सन् २०१८ मा शान्ति वनको ढिक छुन करिब डेढ, दुई मिटरमात्र बाँकी रहने गरी रामघाटमा ताल बनेको बताउँछन् ।
