११ वर्षका युकी कुरिहाराले जिते एसियन गेम्सको ईस्पोर्ट्समा स्वर्ण
१० असोज, काठमाडौं । जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् […]
