कांग्रेस गैंडाकोट नगर सभापतिमा सापकोटा
९ असोज, काठमाडौं । नेपाली कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत चयन भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर समितिको अधिवेशनबाट सापकोटा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापति, हर्कबहादुर घर्ती सचिव तथा रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन भएका छन् । ३५ वर्षमुनिको युवा समूहबाट आशिका कोइराला, […]
