बाढीपछिको पुनर्निर्माण र द्विपक्षीय सहकार्यबारे न्युजिल्यान्ड सरकार र नेपाली अगुवाबीच छलफल
९ असोज, वेलिङटन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको राहत, पुनर्निर्माण र द्विपक्षीय सहकार्यका विषयमा न्युजिल्यान्डको परराष्ट्र तथा व्यापार मन्त्रालयका उच्च अधिकारी र त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिबीच वेलिङटनमा छलफल भएको छ। शुक्रबार भएको भेटवार्तामा न्युजिल्यान्डका अधिकारीहरूले नेपाल र न्युजिल्यान्डबीचको विशेष द्विपक्षीय सम्बन्धको चर्चा गर्दै विपद्लगत्तै न्युजिल्यान्डले उपलब्ध गराएको सहायता सोही मित्रताको उपज भएको बताए। हालै दुई […]
