१ अर्बको हुण्डी कारोबारको आरोपमा एक व्यक्ति पक्राउ
९ असोज, काठमाडौं । एक अर्ब रुपैयाँ भन्दा बढीको हुण्डी कारोबार आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भएका ज्योति शाही छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले धरानको खैरेनीबाट बिहीबार पौने ५ बजे पक्राउ गरेको हो । […]
