एसियन गेम्स क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको हो । अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । […]
