बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन रोशी खोलाले बगायो
९ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । काभ्रेका डीएस्पी रविन विष्टका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो । यसअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो । त्यस्तै बीपी राजमार्गको नमोबुद्ध–६ […]
