एसियन गेम्स बक्सिङ : खगेन्द्र र अस्मिता दोस्रो चरणबाट बाहिरिए
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोकामगर र अस्मिता दुवाल दोस्रो चरणबाट बाहिरिएका छन् । जापानको निसिओ जिम्नेसियममा शुक्रबार भएको पुरुष ६० केजी तौल समूहको प्रतिस्पर्धामा नेपालका खगेन्द्र फिलिपिन्सका जुनमिलार्डाे ओगायरेसँग ५–० ले पराजित भए । पहिलो चरणमा मकाउका एल्भिन जोन रेयेस सलिनासलाई ५–० ले पराजित गरेका खगेन्द्र दोस्रो चरण भने […]
