पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध
९ असोज, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब ७ः४० बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यस्तै, गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढ्दा सडकमा पानी आएर आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ । बाटो […]
