फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक
कास्की । दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो । दोस्रो दिन पनि दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट दुबईका लागि १४३ जनाले यात्रा गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन […]
