संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन : जलवायु न्यायको अर्थ व्यवहारमै देखिनुपर्नेमा जोड
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री शाहले चार साताअघि नेपालका […]
