बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक, जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह
बनेपा । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ । मनसुन प्रतिकार्य कमान्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहान ५:०० बजेसम्म बेलुकी ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन […]
