कालीगण्डकीका विद्यालयमा दुई दिन बिदा
८ असोज, गुल्मी । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आज र भोलि गाउँपालिकाअन्तर्गतका शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको […]
