बैतडीका १० वटै पालिकामा कांग्रेसको सबै नेतृत्व निर्विरोध
८ असोज, बैतडी । बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए । चार पालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको थियो भने बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो । जारी अधिवेशनमा पार्टीका […]
