देउवा समूहले महाधिवेशनका लागि ५६ जिल्लामा तोक्यो संयोजकहरू
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५६ जिल्लामा संयोजकहरू तोकेको छ । महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५६ जिल्लाहरूमा संयोजक तोकेका हुन् । देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार अहिलेसम्म कोशी प्रदेशका ९, बागमती प्रदेशका ११, […]
