एमाले सचिवालय बैठक सुरु, लगत्तै केन्द्रीय कमिटी बस्ने
८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक बसेर सम्पन्न गर्ने तयारी छ । ललितपुरमा असोज ५ गतेदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सचिवालय बैठकपछि आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने बताए ।
