अर्घाखाँचीको किमडाँडामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
८ असाेज, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । किमडाँडाको नेपाली चौर नजिकै लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुदा सन्धिखर्क-८ काउलेका झन्डै ३५ वर्षीय सुरज बिककाे मृत्यु भएको डीएसपी दिवसबहादुर जिसीले बताए । ट्याक्टर दुर्घटना के कारणले भयो भन्ने नखुलेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ […]
