आजदेखि नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट चलनचल्तीमा, नयाँ सुरक्षा विशेषताहरू थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ‘सिरिज २०२५’ उल्लेख भएको नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको साविककै आकार कायम रहनेछ। नोटमा केही नयाँ सुरक्षा विशेषताहरू थप गरिएका छन्। […]
