एसियन गेम्स महिला कबड्डी : चाइनिज ताइपेइसँग नेपालको हार
७ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन जिम्नेसियममा बुधबार दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो । पहिलो हाफमा १३-१३ को बराबरी भएको थियो । दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल २४-५ ले सुम्पियो […]
