सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द
७ असोज, काठमाडौं । एकै पटक ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ । नेपालमा व्यापारिक तथा औद्योगिक व्यवसाय लगानी गर्ने इजाजत प्राप्त विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भिसा रद्द गरिएको पुष्टि गरे । भिसा रद्द भएकाहरुलाई अब निश्कासनको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ […]
