मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु
७ असोज, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्रीमा काभ्रे घर भएका ५८ वर्षीय चन्द्र बहादुर दोङ छन् । मंगलबार दिउँसो उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । […]
