मोहम्मद सालाहलाई ६ महिना सवारी चलाउन प्रतिबन्ध
७ असोज, काठमाडौं । फुटबलर मोहम्मद सालाहलाई तीव्र गतिमा कार चलाएको घटनामा चालकको पहिचानसम्बन्धी जानकारी नदिएको आरोपमा ६ महिनाका लागि सवारी चलाउन प्रतिबन्ध लगाइएको छ । चेशायरको विल्म्स्लोमा मार्च २७ मा ३० माइल प्रतिघण्टा गति सीमा रहेको सडकमा सलाहको रोल्स–रोयस ३६ माइल प्रतिघण्टा (करिब ५८ किलोमिटर प्रतिघण्टा) को गतिमा गुडेको स्पिड क्यामेराले रेकर्ड गरेको थियो […]
