एल्गोरिदम र डिजिटल इकोचेम्बरको उकुसमुकुस
अस्थिर र गैरसंवेदनशील समाजले जटिल समस्याको उत्तर जटिल संरचनामा होइन, चमत्कार वा जादु गर्छु भनिदिने कुनै व्यक्तिमा खोज्नु सहज मानिदिन्छ। त्यसैले कसले देश बनाउँछ ? भन्ने प्रश्न कस्तो संस्था बनाउने ? भन्दा बढी आकर्षक सुनिन्छ।
