भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
६ असोज, काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो । दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । […]
