दसैँमा घर जाने यात्रुलाई सास्ती नहोस् भन्दै ध्यानाकर्षण : सडक, टिकट र भाडा व्यवस्थापन गर्न आग्रह
काठमाडौँ । दसैँमा घर फर्किने लाखौँ यात्रुलाई सार्वजनिक यातायातमा सास्ती नहोस् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले अहिलेदेखि नै सडक, टिकट र भाडा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक परियारले दसैँका बेला विशेषगरी काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा नागरिक आ–आफ्नो थातथलो फर्किने भएकाले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र सहज […]
