एकल साँझमा गुञ्जिइन् मीरा राणा
काठमाडौं । वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको एकल सांगीतिक साँझ भव्यतापूर्वक सम्पन्न भएको छ । ६ दशक लामो सांगीतिक यात्रलाई सम्झिँदै राणाले प्रस्तुति दिएकी हुन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा खचाखच दर्शकका बीच सम्पन्न ‘मीरा राणा एकल सांगीतिक साँझ’ मा गायिका राणाले आफूले स्वर दिएका तथा संगीत भरेका लोकप्रिय गीत प्रस्तुत गरिन् । उनको […]
