त्रिपुरेश्वर बस आगलागी घटना : कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन
६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा जलेर चालकको मृत्यु भएको घटनाको विरोधमा कीर्तिपुरको बर्न अस्पताल बाहिर प्रदर्शन भएको छ । मृतक अर्जुन दोङका परिवार र स्वतन्त्र चालक संघ नेपालले अस्पताल बाहिर मंगलबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अर्जुनका दुई श्रीमतीले आफ्नो श्रीमान्ले न्याय पाउनुपर्ने भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । […]
