कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
६ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ। बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा सर्वसाधारण तथा यात्रुको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले उक्त बेन्च स्थापना गरेको हो। बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख […]
