धनकुटामा लागुऔषधसहित ३ जना पक्राउ
६ असोज, धनकुटा । धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं. ९, मुलघाटमा प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्दा सिटमुनि राखिएको कपडाको झोलाबाट खैरो […]
