मगर संस्कृति र प्रेमकथा समावेश ‘जलाकी’ को टिजर सार्वजनिक
काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को टिजर सार्वजनिक भएको छ । टिजरमा कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू फिचर्ड छन् । टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । उनको बाल्यकाल, कलेज जीवनमा सोनमले निर्वाह गरेको पात्रसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई प्रस्तुत गरिएको छ । सुन्दर […]
