राजनीतिक दलको कार्यक्रममा संलग्न भएको भन्दै सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस
५ असोज, काठमाडौं । सिन्धुलीका ४ जना शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको हो । दुधौली नगरपालिका नगर कार्यपालिका, सुनकोशी गाउँपालिका […]
