सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एस २६ एफई, मूल्य १ लाख २० हजार
५ असोज, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ। वान यूआई ९ सहित बजारमा आउने ग्यालेक्सी एस २६ सिरिजको यो पहिलो स्मार्टफोन भएको कम्पनीले जनाएको छ। पातलो र हल्का डिजाइनमा तयार गरिएको ग्यालेक्सी एस२६ एफईमा क्यामेरा, इमेज प्रोसेसिङ र ग्यालेक्सी एआईका सुविधालाई प्राथमिकता दिइएको छ। […]
