प्रसूति हिंसा न्यून गर्नेगरी ऐन बनाउने सांसदहरूको प्रतिबद्धता
५ असोज, काठमाडौं । सांसदहरूले प्रसूति हिंसा न्यून गर्नेगरी ऐन बनाउने प्रतिबद्धता जनाएका छन् । प्रसूतिका बेला हुने हिंसालाई कसुरका रुपमा वर्गीकरण गर्न ढिला गर्न नहुने उनीहरूको मत छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले सोमबार प्रतिनिधिसभाका सांसदहरूसँग सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता विषयक छलफल कार्यक्रम राखेको थियो । […]
