अस्पतालको गेटदेखि छानबिन प्रतिवेदनसम्म : बबिता प्रकरणले उठाएका प्रश्न
बबिता पासवानले अस्पतालको गेटबाहिर बच्चा जन्माएको दृश्यले नेपालको स्वास्थ्य प्रणालीलाई एउटा असहज प्रश्न सोधेको छ- सुरक्षित मातृत्वको अधिकार कागजमा मात्रै हो कि अस्पतालको ढोकासम्म आइपुगेकी प्रत्येक महिलाको व्यावहारिक अधिकार पनि हो ?
